भद्रपुर, २५ पुस । नेकपा–माओवादीसहितका दलले आज गरेको पूर्वाञ्चल बन्दले झापा जिल्लामा यातायात ठप्प भएको छ ।
बन्दका कारणले लामो तथा छोटो दूरीका यातायातका साधन राम्ररी नचले पनि दमक, विर्तामोड, धुलाबारी, काँकरभिट्टा, भद्रपुर, चन्द्रगढीलगायतका बजार क्षत्रमा भने बन्दको खासै प्रभाव परेको छैन ।
नयाँ संविधान निर्माणमा फरक विचार राखेर गरिएको बन्दका कारणले सरकारी कार्यालयहरुमा सेवाग्राहीको न्यून उपस्थिति छ ।
सडकमा रिक्सा, ठेला, मोटरसाइकल र एम्बुलेन्स निर्वाधरुपमा चलेका छन् ।















प्रतिक्रिया