१ कार्तिक २०८३, आइतबार

चितवन महोत्सव आजदेखि, सडकमा उर्लियो मानवसागर (फोटोफिचरसहित)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chitwan-festival-dainiknepal7

सन्दिप भट्ट

चितवन २५ पुस । चितवनको गौरव र गरिमामय प्रस्तुति चितवन महोत्सव आजदेखि शुरु हुँदैछ । महोत्सव उद्घाटन हुनुअघि अहिले चितवनको नारायणगढमा बृहत शोभायात्रा निकालिएको छ ।

महोत्सव परिसरबाट शुरु भएको बृहत शोभायात्रा भरतपुरका विभिन्न क्षेत्रको परिक्रमा गरी महोत्सव परिसरमै पुगेर टुंगिएको मुल आयोजक समितिका संयोजक कल्याण जोशीले बताए ।

हात्ती ,बाजागाजा र विभिन्न जातजातीको भेषभुषा तथा साँस्कृतिक झाँकी सहितको र्यालीले बजार परिक्रमा गरेको छ । र्यालीमा सयौ संघसस्था तथा स्कुलका हजारौं मानिसहरुको सहभागिता रह्यो । महोत्सव संयोजक कल्याण जोशीले परेवा उडाएर शोभायात्राको शुरुआत गरेका थिए ।

विहान महोत्सव परिसरबाट शुरु शोभायात्रा लिलाचोक, दियालोरोड ,नारायणगढबसपार्क ,क्षयरोग चोक, प्रगतीपथ ,मिलनरोड, शहिदचोक, लायन्सचोक, पुल्चोक ,मेनरोड हुँदै हरिहरमन्दिर चोकबाट महोत्सव परिसरमा पुगेर टुंगिने शोभायात्रा व्यवस्थापन समितिकी संयोजक रजनी मास्केले जानकारी दिईन् ।

आजदेखि माघ ४ गतेसम्म नारायणी किनार प्रदर्शनी मैदानमा आयोजना गरिएको महोत्सवको र्यालि सकिएपछि प्रधानमन्त्री शुशिल कोईरालाले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

चितवन महोत्सवका लागि नारायणी किनार दुलहीझै सिंगारिएको छ भने स्टलहरु आकर्षक बनाईएको छ । यसपटक प्रदर्शकको चापका कारण स्टलसंख्या थपेर ४९० पुर्याईएको र नयाँ टुर प्याकेज सहितका कार्यक्रम ल्याईएकाले महोत्सव उत्कृष्ट हुने आयोजकले दावी गरेको छ ।

हेल्दी वेवी प्रतियोगिता मिनी जु तथा अन्तर्राष्ट्रिय परिसर समेत राखिएको छ । महोत्सवको डिजिटल प्रविधिबाट सर्बेक्षण समेत हुने छ ।

उद्योग बाणिज्य संघ चितवन, जिल्ला विकास समिति, भरतपुर उपमहानगरपालिका , रत्ननगर नगरपालिका र रत्ननगर उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो ।

महोत्सवलाई उच्च स्तरिय बनाउन सजावटलाई पनि विशेष ध्यान दिईएको महोत्सव परिसर निर्माण समितिका संयोजक राजु श्रेष्ठले बताए ।

यसपटक महोत्सवमा सुचना र प्रविधिमा ४२, पोल्ट्रीमा २०, ईलेक्ट्रिकल्समा २०, कृषिमा ३० अन्तर्राष्ट्रियमा १० , होटलमा २० र अटोमा १९ स्टल राखिएको छ ।

६ विशेष सहित अन्यमा वैंक तथा वित्तीय संस्थाहरु, सरकारी र गैंरसरकारी संस्थाहरु, महिलासमुह चितवनमा आधारित उद्योगहरुका स्टल रहेको छ । चितवनको समग्र आर्थिक, सामाजिक र साँस्कृतिक विकास गर्दै उद्योग व्यवसायको प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले आयोजित महोत्सवमा एक गाउँ एक उत्पादन कार्यक्रम अन्तरगत केरा तथा माछा सम्वन्धी डमी सहित विशेष प्रदर्शन गर्न लागिएको महोत्सव व्यवस्थापन अधिकृत रसिक प्रधानले जानकारी दिए ।

यसबर्ष पर्यटन र उत्पादित सामाग्रीको गुणस्तर व्यबस्थापन, पर्यटन प्रवद्र्धन तथा सुचना र प्रविधि सम्वन्धी विशेष सेमिनार हुने तथा आर्थिक विकासमा जिल्लाका १३ जना सभासदहरुसँग अन्तरक्रिया समेत हुने गोष्ठी संयोजक डा तीलचन्द्र भट्टराईले बताए ।

महोत्सव अवधीमा पुस २९ देखि माघ २ गतेसम्म फुड फेष्टिवल सहित खेलकुद कार्यक्रम, र्याफ्टिंग, मोटरवोट, आदिवासी जनजातीको भेषभुषा र संस्कृति प्रदर्शन, दैनिक राष्ट्रिय तथा स्थानिय कलाकारबाट साँस्कृतिक कार्यक्रम, कृषि उपज प्रदर्शनी र प्रतियोगिता आयोजना हुने छन् । महोत्सव अवधिभर हेलिकप्टरबाट चितवनको रमणीय स्थानहरुको अवलोकन गर्न सकिने छ । पहिलो र दोस्रो दिन महोत्सवस्थल माथिको आकासमा पाराव्याटिक्स सो गरिने छ ।

२० करोड बढीको आर्थिक कारोवार हुने अनुमान गरिएको महोत्सवको ५ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवमा सर्बसाधारणलाई ५० र विद्यार्थीलाई २५ रुपैयाँ प्रवेश शुल्कको व्यवस्था गरिएको छ । महोत्सवको आम्दानी नदी संरक्षणमा खर्च गरिने आयोजकले जनाएको छ ।

Chitwan-festival-dainiknepal Chitwan-festival-dainiknepal1 Chitwan-festival-dainiknepal2 Chitwan-festival-dainiknepal3 Chitwan-festival-dainiknepal4 Chitwan-festival-dainiknepal5