काठमाडौं, २५ पुस । संविधानका विवादित विषयमा छलफल गर्न लामो समयपछि संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक बस्दैछ ।
दिउँसो सिंहदरबारमा बस्ने बैठकमा संविधानसभाले पठाएको प्रतिवेदनमा छलफल हुनेछ । संविधानसभाले चार दिनको समयसहित समितिलाई प्रतिवेदनमा सहमति जुटाउन भनेपछि बैठक बस्न लागेको हो ।
राज्य पुनर्संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्यायप्रणालीमा दलहरुका बीच विवाद छ ।
















प्रतिक्रिया