२ कार्तिक २०८३, सोमबार

एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको कचनकवलमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ११ असार । एनआईसी एशिया बैंकले झापाको कचनकवल गाउँपालिकामा शाखा विस्तार गरेकोछ ।

कचनकवल गाउँपालिका–६, बनियानीमा स्थापना गरेको कचनकवल शाखाको सोमबार प्रदेश नं. १ का सांसद बसन्तकुमार बानियाँ र कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जरा आलमले संयुक्त रुपमा उदघाटन गरे ।

मुलुकभर २२४ शाखा कार्यालय, २१७ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू १७३ अर्ब भन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू १४८ अर्ब पुगि नीजि क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू ११९ अर्ब सहित निजिक्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भएको छ ।

हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिए ।