४ कार्तिक २०८३, बुधबार

आर्यन र साम्राज्ञी अभिनित चलचित्र ‘कायरा’को ट्रेलर सार्वजनिक

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ११ असार । चलचित्र ‘कायरा’को ट्रेलर सार्वजनिक भएको छ ।

नायक आर्यन सिग्देल र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन । सार्वजनिक ट्रेलरमा आर्यन र साम्राज्ञीबिचको प्रेम राम्रैसंग झल्किएको छ ।

चलचित्रमा आर्यन र साम्राज्ञीका साथमा शिशिर राणा, हितेश शर्मा, मरिष्का श्रेष्ठ लगायतको अभिनय छ । केदार भुषालको पटकथा, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्र साउन १८ गतेबाट प्रदर्शनमा आउनेछ ।

यस चलचित्रमा नायक आर्यन र नायिका साम्राज्ञीले पहिलो पटक स्क्रिन सेयर गरेका हुन् ।