८ कार्तिक २०८३, आइतबार

वैद्य माओवादीबाट आज पूर्वाञ्चल बन्द, बन्द बनाउन मसाल जुलुस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

julus

सन्तोष कुमार

सिरहा, २५ पुस । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले आज पूर्वाञ्चल बन्द आह्वान गरेको छ ।

पूर्वाञ्चल बन्द सफल बनाउन वैद्य माओवादीले सिरहाको लहानमा बिहीबार साँझ मशाल जुलुस प्रदर्शन गरेको छ ।

माओवादीको मिथिला राज्य इन्चार्ज तथा केन्द्रीय सदस्य कृष्णदेव सिंह दनुवारको नेतृत्वको लहानस्थित राममन्दिर क्षेत्रबाट निकालेको मशाल जुलुस लहानको मूख्य मूख्य भागमा परिक्रमा गरे । वर्तमान सरकार मुर्दावाद, सहमतिको आधारमा राष्ट्रिय सरकार गठन गर, पौष २५ गतेको पूर्वाञ्चल बन्दर सफल पार लगायतका नारा लगाएका थिए ।

करिब ५० भन्दा बढी नेता तथा कार्यकर्ता सहभागी रहेका उक्त जुलुस शहिद चौकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य सिंहले वर्तमान सरकारप्रति आक्रोश व्यक्त गर्दै संविधानसभा भंग गर्न माग गरे ।

जुलुसलाई नेपाल र सशस्त्र प्रहरीको टोलीले स्कटिङ गरेको थियो । पूर्वाञ्चलका अन्य जिल्लाहरुमा पनि बन्द सफल पार्न माओवादीका नेता तथा कार्यकर्ताहरु जुलुस प्रदर्शन गरेको बुझिएको छ ।