
काठमाडौँ, १० असार । जनता बैंक नेपाल लिमिटेडले अर्घाखाँचीको पाणिनी गाउँपालिका दुर्गाफाँटमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत यही ८ गते गरिएको शिविरको पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले उदघाटन गरेका थिए ।
लुम्बिनि मेडिकल कलेज तथा शिक्षण अस्पतालका विशेष ज्ञचिकित्सकहरुको प्राविधिक सेवा रहेको स्वास्थ्य शिविरमा स्त्री तथा प्रसुती रोग सम्बन्धि र जनरल मेडिकल जाँच गरिएको थियो । करिव ३०० जना विभिन्न उमेरका महिला तथा पुरुषहरुले स्वास्थ्य जाँच गराएको शिविरमा आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो ।
जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘स्वस्थ नारी पहल’ मार्फत ग्रामिण महिलाहरुको पाठेघरको रोगको उपचारमा उल्लेख्य सहयोग गर्दै आइरहेको छ । शिविरबाट आङ खस्ने सम्बन्धि रोगको अपरेशनको लागि सिफारिस भएका महिलाहरुको उपचारमा बैंकले सहयोग गर्नेछ ।















प्रतिक्रिया