३ कार्तिक २०८३, मंगलबार

एसईईको नजिता आज चार बजे आउँदै, बोर्डको बैठक बोलाइयो

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असार । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले आज दिउँसो ३ बजे बोर्ड बैठक बोलाएको छ । बोर्डको बैठक लगत्तै ४ बजे पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गरिनेछ ।

गत चैत ८ बाट सञ्चालित यस वर्षको एसईई परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ जना विद्यार्थी सहभागी थिए ।

केन्द्रले परीक्षा लिने र नतिजा प्रकाशित गर्ने यो अन्तिम पटक हो । किनभने सरकारले कक्षा १० सम्मको परीक्षा सञ्चालनको जिम्मा प्रदेश तहलाई दिइसकेको छ ।