४ कार्तिक २०८३, बुधबार

सागर र डिआरको ‘प्रणय’ रिलिज, मुकारुङले गरे समीक्षा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । युवा संगीतकार सागर अधिकारी ‘शरद’को एकल संगीत रहेको ‘प्रणय’ एल्वम सार्वजनिक गरिएको छ । आधुनिक गीतहरू समेटिएको ‘प्रणय’मा छ वटा गीत छन् । सबै गीतहरू मधुर रहेका छन् ।

काठमाडौंको नयाँबानेश्वरमा शुक्रबार आयोजित विशेष कार्यक्रममा ‘प्रणय’को विमोचन गरिएको हो । खचाखच भरिएको हलमा सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले एल्वमको विमोचन गरेका हुन् ।

‘प्रणय’का सबै गीत डा.डिआर पाण्डेले लेखेका हुन् । संयोग नै मान्नुपर्छ गीतकार डा.पाण्डेको पनि ‘प्रणय’मा एकल शब्द रहेको छ ।

एल्वमको समीक्षा संगीतकार बुलु मुकारुङले गरेका थिए । उनले एल्वममारहेका गीतहरूले सबै उमेर समूहका स्रोता र दर्शकको मन जित्ने बताए ।

एल्वमका बारेमा प्रतिक्रिया दिँदै संगीतकार सन्तोष श्रेष्ठले प्रणय उत्कृष्ट बन्न सफल रहेको बताए । ‘युवा संगीतकार हुनुहुन्छ । प्रणयमा रहेका सबै गीतहरू राम्रा छन्’, श्रेष्ठले भने, ‘उहाँको प्रयासलाई प्रशंसा गर्नुपर्छ ।’

विमोचन कार्यक्रममा एउटा गीतको म्युजिक भिडियो पनि देखाइएको थियो । म्युजिक भिडियोलाई प्रशन्न पौडेलले निर्देशन गरेका हुन् । पौडेल चलेका निर्देशकमा पर्छन् ।

विमोचन कार्यक्रममा वरिष्ठ गायक प्रेमध्वज प्रधान, वरिष्ठ संगीतकार दीपक जंगम, वरिष्ठ रचनाकार दिनेश अधिकारी, गायक एवम् संविधानविद् डा.भीमार्जुन आचार्य, संगीतकार बुलु मुकारुङसहितका श्रष्टाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा डा. डीआर पाण्डेको सातौँ उपन्यास ‘अतिरिक्त’को पनि विमोचन गरिएको थियो । वीरगञ्जमा जन्मिएका डा.पाण्डेले यसअघि बज्रघात, त्यागी, अपवित्र छाया, भाग्यचक्र, स्वार्थी र ‘बिटुली उपन्यास लेखेका छन् ।