४ कार्तिक २०८३, बुधबार

ऐश्वर्या गर्भवती भएपछि फिल्मबाट निकालियो

11.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनका कारण निर्देशक मधुर भन्डारकर डिप्रेसनमा परेका छन् ।

ऐश्वर्या र मधुरबीचको विवादले भारतीय मिडियामा त्यसवेला पनि निकै स्थान पाएको थियो । मधुरले त्यसवेला आफ्नो ड्रिम प्रोजेक्टमा ऐश्वर्यालाई साइन गराएका थिए ।

ऐश्वर्याले फिल्म त साइन गरेकी थिइन्, उनी गर्भवती भएको कुरा बताएकी थिइनन् । भन्डारकरको पहिलो रोजाइमा थिइन्, ऐश्वर्या ।

निर्देशक मधुरले उक्त फिल्म बनाउन डेढ वर्षदेखि रिसर्च गरेका थिए । निर्देशक मधुरको यो फिल्म ड्रिम प्रोजेक्ट थियो ।

जब निर्देशक मधुरले ऐश्वर्या गर्भवती भएको थाहा पाए, तब उनले ऐश्वर्यालाई फिल्मबाट निकालिदिए । त्यसपछि निर्देशक मधुर डिप्रेसनको सिकार भएका थिए । एजेन्सी