८ कार्तिक २०८३, आइतबार

वैद्यलाई चन्दले छाडे, मणि र परी आउँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mohan Baidhya 1प्यूठान, २४ पुस । नेकपा माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ले तीन कम्युनिस्ट पार्टी एकीकरणको अन्तिम चरणमा पुगेको बताउनु भएको छ ।

‘सँगै मिलेर द्वन्द्व गरेका मणि र परी थापा नेतृत्वको माओवादीसँग एकीकरण अन्तिम चरणमा पुगेको छ,’ उहाँले भन्नुभयो, ‘एमाओवादीका दोस्रो तहका नेताहरु समेत हामीसँगै एकीकरण प्रयासमा छन्, नेतृत्वको कारण हुन सकेको छैन ।’

पछिल्लो एक हप्तादेखि रोल्पा, प्यूठान, रुकुम र दाङमा जिल्लास्तरका कार्यकर्तालाई प्रशिक्षण दिँदै आउनुभएका महासचिव बादलले बुधबार प्यूठानको विजुवारमा एमाओवादीका महासचिव कृष्णबहादुर महरासँग पनि आफूले पार्टी एकीकरण र वामपन्थी पार्टीको एकता केन्द्र स्थापना गर्ने विषयमा छलफल गरेको बताउनुभयो ।

‘एमाओवादी पनि संविधानसभामा पेलिएको छ,’ उहाँले भन्नुभयो, ‘अब सबै एकै स्थानमा आउनुपर्ने समय आएको छ ।’

पार्टी एकीकरणका विषयमा धेरै समय खर्चेका नेता बादलले केही समय पहिला विभाजित भएको नेकपा माओवादीका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लब’को अलग्गिने निर्णयलाई ‘आवेगको गल्ती’ संज्ञा दिनुभएको छ ।

संविधान निर्माणको एक फरक प्रसङ्गमा उहाँले माघ ८ मा संविधान नबन्ने दाबीसमेत गर्नुभयो । ‘राष्ट्रिय सम्मेलनबाट मात्रै संविधान निर्माण हुन्छ,’ उहाँले भन्नुभयो, ‘राष्ट्रिय सम्मेलन गर्ने हो भने अझै पनि समय छ ।’

जिल्लास्तरमा ३० जनाभन्दा धेरै कार्यकर्तालाई प्रशिक्षण दिँदै उहाँले संविधानसभाले द्वन्द्वका मुद्दालाई सम्बोधन गर्न नसक्ने समेत बताउनु भएको प्रशिक्षणमा सहभागी नेकपा माओवादीका जिल्लास्तरका एक नेताले जानकारी दिनुभयो ।

द्वन्द्वको समयमा सशक्त भूमिका खेलेका माओवादी नेताहरु कृष्णबहादुर महरा, रामबहादुर थापा र नेत्रविक्रम चन्द अहिले प्यूठान, रोल्पा र दाङमा रहनुभएको छ ।