३ कार्तिक २०८३, मंगलबार

रोनाल्डोको गोलको गतिलाई लिएर उठ्यो प्रश्न

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्को, ९ असार । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले रुसमा दुई खेल खेल्दै चार गोल गरिसकेका छन् । गोलको यो गति हेर्दा प्रश्न उठ्न सुरु भएको छ ।

के यी रियल म्याड्रिड विन्गरले फ्रान्सका जस्ट फोन्टेनको नाममा रहेको एक विश्वकप संस्करणमा सर्वाधिक गोलको कीर्तिमान भंग गर्नेछन् त ?

फ्रान्सका फोन्टेनले सन् १९५८ को विश्वकपमा १३ गोल गरेका थिए । विश्वकप इतिहासमा यसलाई कहिल्यै भंग नहुने कीर्तिमान मानिएको छ ।

किनभने आधुनिक फुटबलमा एकै खेलमा धेरै गोल हुन छाडेका छन् । कम्तीमा अहिले रोनाल्डोले त्यसको झिनो आस नै सही, त्यो सम्भावनालाई जगाएका भने छन् । एजेन्सी