१ कार्तिक २०८३, आइतबार

विश्वकप फुटबलः अतिरिक्त समयमा ब्राजिलले गर्‍यो २ गोल

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ असार । रसियामा जारी विश्वकप फुटबलको शुक्रबारको खेलमा ब्राजिलले कोष्टारिकालाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

ब्राजिलका लागि ९१ औँ मिनेटमा कोउटिन्हो र ९७ औं मिनेटमा नेइमारले गोल गरेका हुन् । खेलमा ब्राजिलको दबदबा भएपनि निर्धारित ९० मिनेटमा कुनै पनि पक्षबाट गोल हुन सकेको थिएन ।

खेलमा ७१ प्रतिशत समय बल आफ्नो कब्जामा राखेको ब्राजिलले अन्ततः जित हासिल गरेको छ । पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको विश्वकप दाबेदार ब्राजिलले अन्तिम १६ मा पुग्ने सम्भावनालाई जिवितै राखेको छ ।

जितसँगै ब्राजिलले २ खेलबाट ४ अंक जोड्दै अंकतालिकाको शिर्षस्थानमा उक्लेको छ । दुई खेल खेलेको कोष्टारिका दुवै खेलमा पराजित हुँदै समुह चरणबाट बाहिरिएको छ ।