१ कार्तिक २०८३, आइतबार

गोली हानी ठाकुरको हत्या

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही, २४ पुस । सर्लाहीको नारायणपुर गाविसस्थित भारतीय सीमा क्षेत्रमा सोही गाविस–१ का ३८ वर्षीय सञ्जय ठाकुरको गोली हानी हत्या भएको छ । गएराति भारतीय सीमाक्षेत्रस्थित सुनसान दशगजा क्षेत्रमा ठाकुरमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय बासिन्दाले राति गोली चलेको आवाज सुने पनि हत्या भएको बारे बिहान मात्र थाहा पाएका थिए । सुनसान क्षेत्र हुनाले बिहान ढिला गरी त्यस क्षेत्रमा गएका स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शव परीक्षणका लागि जिल्ला अस्पताल मलङ्गवा ल्याउने तयारी भइरहेको उल्लेख गर्दै प्रहरी नायब उपरीक्षक सुदम सिजापतिले हत्या घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो