काठमाडौँ, २४ पुस । प्रमुख चार दल नेपाली काँग्रेस, नेकपा एमाले, एमाओवादी र संयुक्त मधेशी मोर्चाबीचको बैठक बिहीबार पनि विथोलिएको छ ।
मोर्चाका नेताहरुले बुधबार एमाले नेता केपी शर्मा ओलीले मधेशी नेताको अपमान गर्ने अभिव्यक्ति दिएको भन्दै माफी माग्न भनेका थिए ।
तर, ओलीले माफी नमागेपछि प्रधानमन्त्रीले बोलाएको चार दलको बैठक बहिस्कार गरेको सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतोले दैनिक नेपाललाई जानकारी दिनुभयो ।
‘हामीले हिजै भनेका छौँ, केपी शर्मा ओलीले मधेशवादी दलको अपमान गरेका छन,’ महतोले भन्नुभयो, ‘उनले माफी नमागेसम्म एमाले संम्मिलित बैठकमा हामी सहभागी हुने कुनै संभावना छैन ।’
महतोले ओलीले माफी माग्ने वित्तिक्कै बैठकमा सहभागी हुने बताउनुभयो । ‘अहिलेसम्म उहाँले माफी मागेको मलाई जानकारी छैन,’ महतोले भन्नुभयो,‘उहाँले माफी मागेको एक मिनेट भित्रमा हामी चार दलको बैठक बस्न तयार छौँ ।’
यता, एमाले अध्यक्ष केपी शर्मा ओलीले भने आफ्नो ठट्टालाई मधेशी मोर्चाका नेताहरुले गम्भीर रुपमा लिएको स्पष्टीकरण दिइसक्नुभएको छ ।















प्रतिक्रिया