४ कार्तिक २०८३, बुधबार

मिथुन चक्रवर्तीका कति थिए पत्नीहरू ?

9.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेता मिथुन चक्रवर्ती ६८ वर्ष भएका छन् । सन् १९५० को जून १६ तारिखमा कोलकोतामा जन्मिएका मिथुनको वास्तविक नाम गौरांग चक्रवर्ती हो ।

यो नाम उनले फिल्ममा कहिले पनि प्रयोग गरेनन् । मिथुनको नाम उनका को–स्टार रञ्जिता, योगिता बाली, सारिका र अन्य केही नायिकासँग जोडियो । श्रीदेवीसँगको सम्बन्धले भने अत्यधिक चर्चा पायो ।

मिथुनले अभिनेत्री योगिता बालीसँग विवाह गरेका थिए । योगितासँग मिथुनका तीन छोरा छन् । तीमध्ये एकलाई मिथुन आफैले पालेका छन् । योगिता गायक किशोर कुमारकी पूर्वपत्नी थिइन् । योगिता किशोरकी तेस्री श्रीमती थिइन् । योगितालाई मिथुन यति मन प-यो कि किशोरलाई छोडिदिइन् ।

नायिका योगिता बालीसँग विवाह भएपछि पनि सन् १९८० को दशकमा नायिका श्रीदेवीसँग उनको प्रेम बस्यो । सन् १९८४ मा रिलिज भएको फिल्म ‘जाग उठा इन्सान’ मा मिथुन–श्रीदेवीले पहिले पटक स्क्रिन सेयर गरेका थिए । फिल्मको सुटिङसँगै यी दुईको सम्बन्धबारे चर्चा हुन थालेको थियो । मिथुन चक्रवर्तीले अन्तर्वार्तामा आफूले श्रीदेवीसँग गोप्य रुपमा विवाह गरेको स्वीकारेका थिए ।

मिथुनकी श्रीमती योगिता बालीले पनि अन्तर्वार्तामा आफूलाई मिथुन–श्रीदेवीको विवाहबारे जानकारी भएको बताइन् । एक पत्रिकाले त दुबैको विवाहको सर्टिफिकेटसमेत छापिदिएको थियो ।

यी दुईको सम्बन्ध धेरै दिनसम्म टिक्न सकेन । दुबैले विवाह गरेको थाहा पाएपछि योगिताले एकैपटक अत्यधिक मात्रामा औषधी सेवन गरेर आत्महत्या प्रयास गरेपछि मिथुन योगिता भएको ठाउँमा फर्किएका थिए । योगिताले श्रीदेवीलाई आफूले मिथुनको दोस्री श्रीमतीको रुपमा स्वीकार गरिसकेको जानकारी दिएकी थिइन् । एजेन्सी