३ कार्तिक २०८३, मंगलबार

रोनाल्डोको गोल निर्णायक: मोरक्को १-० ले पराजित

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ असार । खेलको चौथो मिनेटमा क्रिस्टियानो रोनाल्डोले गरेको गोल निर्णायक बनेपछि पोर्चुगलले रसियामा जारी विश्वकपमा मोरक्कोविरुद्ध १-० को जित निकालेको छ ।

जारी विश्वकपमा पोर्चुगलको यो पहिलो जित हो । यसअघि स्पेनविरुद्धको खेलमा ३-३ गोलको बराबरी खेलेको थियो । रोनाल्डोले जाओ माउटिन्होको क्रसमा डाइभिङ हेडमार्फत् गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रोमा कुनै पनि गोल हुन सकेन ।

जितसँगै २ खेलबाट ४ अंकसहित पोर्चुगल समूह बी को शीर्ष स्थानमा छ । पोर्चुगलले अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ ।