४ कार्तिक २०८३, बुधबार

प्रज्ञा–प्रतिष्ठानमा कला–कविता कार्यशाला सम्पन्न

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ असार ।  विभिन्न जाति र समुदायको कला र साहित्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले आज कलाकार र साहित्यकारले एकै स्थानमा भेला भएर कला–कविता सिर्जना गरेका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको ६१औँ स्थापना दिवसका सन्दर्भमा लोकतान्त्रिक कलाकार तथा कर्मचारी संघले आयोजना गरेको उक्त कार्यक्रममा सांगीतिक प्रस्तुतिसहित कमलादीमा विशेष कला–कविता कार्यशाला एवं कला प्रदर्शनी गरिएको हो ।

केके कर्माचार्य, नरेशसुन्दर सैँजु, जीवनराज राजोपाध्याय, हरि खड्का, सुमन श्रेष्ठ, महेश आचार्य, सागर श्रेष्ठलगायतका वरिष्ठ कलाकारले प्रकृति, सौन्दर्य, शान्ति, प्रेम भावमा सिर्जना गर्नुभएका चित्रमा आधारित रही कवि तुलसी दिवस, बाबा बस्नेत, सन्ध्या पहाडी, पुष्कर लोहनी, रोशन थापा, वियोगी बुढाथोकीलगायत साहित्यकारले कविता सिर्जना गर्नुभएको हो ।

प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले कला र साहित्यले मानव सभ्यताको विकास क्रमलाई गहिरो खोज अनुसन्धानका लागि सहयोग पु¥याउने हुँदा पुराना मौलिकताको संरक्षण गर्दै विविधताले भरिएका हाम्रा साहित्य, भाषा, परम्पराका साथै कलाको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

उपकुलपति विष्णुविभू घिमिरेले नेपाली भाषा, साहित्य र ललितकलाको सूक्ष्मरुपमा विकास गर्न अलग अलग स्वायत्त संस्थाको अवधारणा विकास गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्रतिष्ठानले उक्त कार्यक्रममा सहभागी कलाकार तथा साहित्यकारलाई सम्मानसमेत गरेको थियो । यही असार ९ गते प्रतिष्ठानले स्थापना दिवस मनाउँदै छ । –रासस