
काठमाडौं, ६ असार । रेडियो नेपालका अंग्रेजी समाचार बाचक तथा प्रसिद्ध गायक महेन्द्र रायमाझीको आवाजमा रहेको ‘हेर यि आँखामा’ बोलको गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ ।
युवा गीतकार डि.पी खनालको शब्द रचना रहेको यस गीतमा चर्चित संगीतकार शंकर थापा ‘स्माईल’ को मिठो संगीत तथा विश्व अधिकारीको संगीत संयोजन रहेको छ ।
चर्चित नायिका मोडेल एवं नेपाल आईडलकि प्रस्तोता रिमा विश्वकर्मा र प्रतिभाशली नव कलाकार मिलन खड्काको दमदार अभिनय रहेको यस भिडियोलाई उत्सव दाहालले खिचेका हुन् ।
पछिल्लो पुस्ताका लोकप्रिय निर्देशक युबराज वाईबाले निर्देशन गरेको भिडियोमा सुप्रसिद्ध सम्पादाक निशान घिमिरेको सम्पादन रहेको छ भने गतिको अडियो र भिडियोलाई डश म्युजिक प्रा.ली ले प्रस्तुत गरेको हो ।















प्रतिक्रिया