१ कार्तिक २०८३, आइतबार

काठमाडौँका सिडिओलाई किन गरियो सय रुपैंया जरिवाना ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, २३ पुस । पुनरावेदन अदालत पाटनले काठमाडौँ  जिल्ला प्रशासन कार्यालयका प्रमुखलाई एक सय रुपैंया जरिवाना गरेको छ ।

प्रदीपराज पाण्डेविरुद्ध प्रकाशराज पाण्डे भएको अंश चलन मुद्दामा न्यायाधीशद्वय चण्डिराज ढकाल र मनोजकुमार शर्माको संयुक्त इजलासले पुस २१ गते न्याय प्रशासन ऐन, २०४८ को दफा २९ बमोजिम जरिवाना गर्ने यस्तो आदेश दिएको हो ।

आदेशमा सात दिनभित्र नागरिकताको फाइल उपलब्ध गराउन वा नसके कारणसहितको जवाफ दिन गत मंसिर २३ गते पत्र पठाएको र पटकपटक पत्राचार गर्दा पनि सिडिओले बेवास्ता गरेकाले जरिवाना गरेको उल्लेख छ । पुनः सात दिनभित्र आदेशअनुसारको फाइल उपलब्ध गराइ पेस गर्न अदालतले सिडिओ कार्यालयलाई आदेश समेत दिएको छ ।