काठमाडौँ, ६ असार । नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर १०९.१२ रुपैयाँ र बिक्रिदर १०९.७२ रुपैयाँ तोकेको छ ।
त्यस्तै एक युरोको खरिददर १२६.०३ रुपैयाँ र बिक्रिदर १२६.७३ रुपैयाँ तोकेको छ । एक ब्रिटिश पाउण्डको खरिददर १४३.५५ र बिक्रिदर १४४.३४ रहेको छ ।
एक अष्ट्रेलियन डलरको खरिददर ८०.१९ रुपैयाँ र बिक्रिदर ८०.६३ रुपैयाँ रहेको छ । क्यानेडियन एक डलरको खरिददर ८२.१३ रुपैयाँ र बिक्रिदर ८२.५८ रुपैयाँ रहेको छ ।
त्यसैगरी कुवेती एक दिनारको खरिददर ३६०.४२ रुपैयाँ र बिक्रिदर ३६२.४० रुपैयाँ, एक कतारी रियालको खरिददर २९.९७ रुपैयाँ र बिक्रिदर ३०.१३ रुपैयाँ र मलेसियन एक रिङ्गीटको खरिददर २७.२६ रुपैयाँ र बिक्रिदर २७.४१ रुपैयाँ रहेको छ । यता १०० साउथ कोरियन ओनको खरिददर ९.७८ र विक्रिदर ९.८३ तथा १० जापानी येन को खरिददर ९.९४ र बिक्रिदर ९.९९ रहेको छ ।
















प्रतिक्रिया