काठमाडौँ, २४ पुस । मिनुस्का मिसनअन्तर्गत मध्य अफ्रिकी गणतन्त्रमा फोर्स मिलिटरी पुलिस युनिटका रूपमा प्रमुख सेनानीको नेतृत्वमा नेपाली सेनाको सैनिक प्रहरी युनिट तैनाथ हुने भएको छ ।
सैनिक प्रहरी कार्यका लागि नेपाली सेनाबाट अनमिल मिसन लाइबेरियामा एक टुकडी तैनाथ रहँदै आएको छ । दोस्रो सैनिक प्रहरी युनिटका रूपमा यो टोली त्यसतर्फ तैनाथ हुन जाने क्रममा रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
हाल नेपाली सेनाबाट तीन हजार ४०५ जना शान्ति सैनिक विश्वका विभिन्न १४ मिसनमा तैनाथ छन् । रासस
















प्रतिक्रिया