४ कार्तिक २०८३, बुधबार

बहुचर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ युएईका विभिन्न सहरमा प्रर्दशन

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–भुपराज बस्याल
युएई, ५ असार । नेपालको महाभूकम्पमा परी चमत्कारिक रुपमा ज्यान बचाउन सफल नेपालीको कथामा बनेको बहुचर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ डकुमेन्ट्री फिल्म नेपाली राजदूतावाससहित लमजुङ समाज युएईको आयोजनामा युएईका विभिन्न सहरहरुमा प्रदर्शनी गरिएको छ ।

डेढ दर्जन अन्तर्राष्ट्रिय अवार्ड जितेको नेपाली डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ लमजुङ समाज यूएईको आयोजनामा आबुधाबी, शाहरजा र दुबई शहरमा प्रदर्शन गरिएको हो । जुन १५ तारिख आबुधाबीस्थित अल अहलिया अस्पतालको हलबाट युएईको लागि सुरु गरिएको प्रदर्शनको उद्घाटन कार्यक्रममा प्रदेश नम्बर चारका मुख्य मन्त्रीले टेलीफोनबाट प्रत्येक्ष सम्बोधन गरेका थिए ।

जुन १६ तारिख शाहरजाह र दुबईस्थित सिल्भर स्पोन रेष्टुरेण्टमा प्रदर्शन गरिएको थियो । दुबईमा गरिएको प्रदर्शन कार्यक्रममा नेपालबाट डकुमेन्ट्रीका निर्देशक गणेश पाण्डे, निर्मात्री सारदा गैरे र नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष आश गुरुङलाई तमु प्येल्हु संघ युएईले सम्मान गरेको थियो ।

वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ लाई नेपाली राजदूतावास अबुधाबीबाट पनि प्रसंशा पत्र प्रदान गरिएको छ । सोमबार दूतावासको हलमा विभिन्न संघ सस्थाका प्रमुख लगायतको उपस्थितिमा गरिएको प्रदर्शन कार्यक्रममा नेपाली राजदूतावास अबुधाबीका कार्यबाहक राजदूत सागर फुयालले नेपालीको दस्तावेज समेत बनेको डकुमेन्ट्रीले धेरै देशबाट अवार्ड जित्न सफल भएको हुँदा नेपाली राजदूतावासबाट प्रसंशा पत्र प्रदान गरिएको जानकारी दिए ।

दूतावासका सम्पुर्ण कर्मचारीको साथमा प्रदर्शन गरिएको डकुमेन्ट हेर्दा कार्यवाहक राजदुत लगायत सम्पुर्ण भाबुक देखिन्थे । साइन मिडिया प्रालिका लागि शारदा गैरेले निर्माण गरेको भाग्यले बाँचेकाहरुको छायाँकन विनोद विष्ट, सम्पादन कुमार शाह, संगीत जुगल डंगोल, लेखन सपना शाक्य र दीपक कोइरालाले गरेका छन् भने अमेरिकन चलचित्रकर्मी जोजाय हुपरले परामर्शदाता सम्पादकको रुपमा काम गरेका छन् ।