२ कार्तिक २०८३, सोमबार

आइएमई इन्स्योरेन्सको विक्री प्रवन्धकमा सिभिल क्यापिटल मार्केट

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ५ असार । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको रु. १०० अंकित दरका साठी लाख कित्ता साधारण शेयर निष्काशनको लागि सिभिल क्यापिटल मार्केट लिमिटेडलाई निष्काशन तथा विक्री प्रवन्धकमा नियुक्त गरेको छ ।

शेयर निष्काशन तथा विक्री प्रवन्ध गर्नका लागि आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र सिभिल क्यापिटल मार्केट लिमिटेडका तर्पmका निमित्त कार्यकारी प्रमुख सुमन आचार्यले हस्ताक्षर गरेका छन् । हाल कम्पनीको चुक्ता पूँजी रु. १ अर्व ४० करोड रहेको र उक्त शेयर निष्काशन पश्चात कम्पनी चूक्ता पूँजी रु. २ अर्व कायम हुनेछ ।

संस्थापक शेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको शेयर स्वामित्व ३० प्रतिशत रहने छ । कम्पनीले २०७४ भाद्र १ गतेदेखि कारोवार शुरु गरि हालसम्म मुलुकभर ५० शाखा उपशाखा मार्फत वीमा सेवा प्रदान गर्दै आएको छ ।