५ कार्तिक २०८३, बिहिबार

पोखराका ट्यांकर चालकको आन्दोलन फिर्ता

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ५ असार । ढुवानीकर्तासँग तलब भत्ताको माग राख्दै ढुवानी ठप्प पारेका पोखराका ट्यांकर चालकहरुको आन्दोलन फिर्ता भएको छ ।

नेपाल आयल निगम, पोखरा डिपो र ट्यांकर चालकबीच सहमति भएसँगै ट्यांकर चालकहरु आन्दोलन फिर्ता लिएर तेल बोक्न राजी भएका हुन् ।

पेट्रोलियम पदार्थ बोक्ने चालकहरुले ढुवानीकर्ताले तलब भत्ता नदिएको भन्दै सोमबारबाट इन्धन ढुवानी ठप्प पारेका थिए । लगत्तै निगमले वार्तामा बसेर समस्याको समाधान खोज्न आग्रह गरेको थियो । निगमले अत्यावश्यकीय वस्तुमा हड्ताल गरे कारबाही गर्ने चेतावनी दिएको थियो ।

निगमको चेतावनीपछि दुई पक्षबीच भएको छलफलमा सहमति जुटेको हो । सहमतिपछि ट्यांकर चालकहरु नियमित काममा फर्किएका छन् ।