२१ कार्तिक २०८३, शनिबार

भरुवा बन्दुकसहित एक जना पक्राउ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, ५ असार । हातहतियारसहित प्रहरीले आज सिरहा धनगढीमाई नगरपालिका– ४ जयपुरबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका– १० का ५५ वर्षीय दलबहादुर मगर रहेका छन् । सिरहा धनगढीमाई नगरपालिका– ४ जयपुरस्थित आँपको बगैँचाबाट उनलाई भरुवा बन्दुक, बारुद, छर्रा र दुई थान भालासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मगरमाथि आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । -रासस