३ कार्तिक २०८३, मंगलबार

स्वीडेन, बेल्जियम र इंल्याण्ड विजयी, दक्षिण एसियाली मुलुक पराजित

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्को, ५ असार । विश्वकप फुटबलको समूह चरणको आफ्नो पहिलो खेलमा दक्षिण कोरिया स्वीडेनसँग पराजित भएको छ ।

खेलको ६५ औं मिनेटमा पेनाल्टिमार्फत गोल गर्दै स्वीडेनले दक्षिण कोरियालाई १–० ले पराजित गरेको हो । यसअघि मैत्रीपूर्ण २ खेल बराबरी भएपनि विश्वकपमा यी दुई देश पहिलो पटक भिडेका हुन् ।

स्वीडेनलाई महत्वपूर्ण तीन अंक दिलाउने क्रममा ६५ औं मिनेटमा आन्द्रेस ग्रानभिस्टले गोल गरे । कोरियाका खेलाडीले डिबक्समा लडाएपछि स्वीडेनले ऐतिहासिक जित निकाल्ने मौका पाएको हो ।

समूह एफकै पहिलो खेलमा मेक्सिकोले साविक विजेता जर्मनीलाई पराजित गर्दै तीन अंक बटुलेको छ ।

स्वीडेन १२ वर्षपछि विश्वकपमा छनोट भएको हो । उसले अन्तिम पटक सन् २००६ मा विश्वकप खेलेको थियो। करिब डेढ दशक स्वीडेनको फुटबलका आकर्षण बनेका स्ट्राइकर ज्लाटन इब्राहिमोभिचको अभावमा पनि टोलीले जीत दर्ता गरेको हो ।

इब्राहिमोभिचले सन् २०१६ मा सन्याश लिएका थिए। त्यसअघि उनले राष्ट्रिय टोलीका लागि एक सय १६ खेल खेल्दै ६२ गोल गरेका थिए।

सन् १९५८ को विश्वकपमा फाइनल पुगेको स्वीडेन त्यसपछि सन् १९९४ को विश्वकपमा मात्र सेमिफाइनलसम्म पुगेको थियो । त्यसयता विश्व फुटबलमा उसको उपस्थिती बलियो रहन सकेको छैन ।

यता दक्षिण कोरिया लगातार नवौं पटक विश्वकप खेलेको हो ।

सन् २००२ मा घरेलु मैदानमा आयोजित विश्वकपमा सेमिफाइनलसम्म पुगेर सनसनी मच्चाएको दक्षिण कोरियाले त्यसयता यो प्रतियोगितामा प्रभावशाली देखिन सकेको छैन ।

दक्षिण कोरियाले पछिल्ला ८ वटा विश्वकप सहभागितामा केवल दुई पटक मात्र समूहगत चरण पार गर्न सकेको छ । उसले सन् २०१० को विश्वकपमा प्रिक्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो ।

उता, विश्वकप फुटबलमा पहिलो पटक सहभागीता जनाएको पानामा बेल्जियमसँग निरिह बनेको छ । खेलको पहिलो हाफमा गोल गर्न नदिएपनि दोश्रोहाफमा पानामा थप दवावमा प¥यो । दोश्रोहाफको दोश्रो मिनेटमै मेर्टेन्सले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए ।

त्यसपछि पानामाले थप लय गुमाउँदा बेल्जियमका लुकाकु चम्किए । उनले ६९ औं मिनेटमा लुकाकुले क्रसबललाई उत्कृष्ट हेडमार्फत पोष्टमा प्रहार गरे । यस्तै ७५ मिनेटमा पाएको खुल्ला र सुन्दर अवसरलाई पनि खेर जान दिएनन्, गोलमा परिणत गरे ।

फिफा बरियतामा तेश्रो स्थानमा रहेको बेल्जियमले ५५ औं स्थानमा रहेको पानामाको पोस्टमा निरन्तर प्रहार ग¥यो । समूह जी मा रहेका यी टोलीको खेल रुसको सोचीमा चलिरहेको छ ।

बेल्जियमको यो विश्वकपमा १३ औँ सहभागिता हो । उसले यसअघि सेमिफाइनलसम्मको यात्रा तय गरेको छ । सन् १९८६ को विश्वकपमा बेल्जियम चौथो भएको थियो ।

विश्वकपमा समूह चरणका पछिल्ला ९ खेलमा बेल्जियम अपराजित थियो । त्यसमा पनि पछिल्ला चार खेलमा त उसले जित निकालेको छ । उसले पछिल्ला सात विश्वकपमा ६ पटक कम्तिमा अन्तिम १६ मा स्थान बनाएको छ । सन् १९९८ मा भने उ समूह चरणबाटै बाहिरिएको थियो ।

पछिल्ला ९ विश्वकप मध्ये उसले आफ्नो पहिलो खेलमा एक पटक मात्रै हार बेहोरेको छ, सन् १९८६ मा मेक्सिकोसँग ।

विश्वकप छनौटको क्रममा अपराजित रहने युरोपका चार देशमध्ये बेल्जियम पनि एक हो । यस्तै इंग्ल्याण्ड, जर्मनी र स्पेन पनि अपराजित थिए ।

कप्तान ह्यारी केनले अन्तिममा हेडमार्फत उत्कृष्ट गोल गर्दै इंग्ल्याण्डलाई जिताएका छन् । विश्वकप फुटबल अन्तरगत समुह चरणको पहिलो खेलमा इंग्ल्याण्ड र ट्युनिसियाबिचको खेलमा कनले दुुई गोल गरे ।

११ औं मिनेटमा केनको गोलमा इंग्ल्याण्डले अग्रता लिएपनि ३४ औं मिनेटमा पेनाल्टि मार्फत गोल गर्दै ट्युुनिसिया खेलमा फर्किएको थियो । खेलको अन्तिमसम्म १–१ को बराबरीमा रोकेको ट्युनिसियालाई अतिरिक्त समयमा केनले निराश बनाए । ट्युनिसियाका लागि ३४ औं मिनेटमा पेनाल्टी मार्फत ससीले गोल गरे ।

समूूह जी मा इंग्ल्याण्ड र बेल्जियमको ३÷३ अंक भएको छ । यसअघि बेल्जियमले पानामालाई ३–० ले पराजित गरेको थियो ।