मस्को, ५ असार । विश्वकप फुटबल अन्तर्गत उरुग्वेसँगको खेलका लागि रुसको शहर रोस्तोभ–अन–डोन जाँदै गरेका साउदी अरेबका खेलाडी तथा खेल पदाधिकारी चढेको विमानमा आगो लागेको छ ।
विमानको इन्जिनमा आगलागी भएको हो । खेलाडी, खेलका पदाधिकारी र विमानका अन्य सदस्यहरू सुरक्षित रुपमा रोस्तोभ पुगेका छन् । साउदी अरेबियाले बुधबार आफ्नो दोस्रो खेलमा उरुग्वेसँग खेल्नेछ ।
समूह ‘ए’मा रहेको साउदी अरेबिया उद्घाटन खेलमा आयोजक रुससँग पराजित भएको थियो । विमानको इन्जिनमा आगो लागे पनि आफ्ना सबै खेलाडी र खेल पदाधिकारी सुरक्षित रहेको साउदी अरेबियाले जनाएको छ ।
उसले भनेको छ, ‘साउदी राष्ट्रिय टिमका सबै खेलाडील सुरक्षित रुपमा आइपुगे र अहिले आ आफ्नो होटलमा बसेका छन् । विमानमा लागेको आगो सानो दुर्घटनामा मात्रै थियो ।’ एजेन्सी
طائرة المنتخب السعودي تندلع فيها النيران جهة المحرك اثناء هبوطها في مطار روستوف…
الحمدلله الجميع بخير و عافية ???#معاك_يالأخضر ???? pic.twitter.com/Dt7UYpLKcA— معن القويعي ?? (@MaanAlquiae) June 18, 2018















प्रतिक्रिया