१ कार्तिक २०८३, शनिबार

लण्डनमा रेलको ठक्करबाट तीनजनाको मृत्यु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेलायत, ५ असार । लण्डनको दक्षिणी क्षेत्र लागबरोमा एक रेलको ठक्करबाट कम्तीमा तीन जनाको मृत्यु भएको बेलायती यातायात प्रहरीले सोमबार जनाएको छ ।

उक्त स्थानमा मृत शरीर भेटिएपछि स्थानीयद्वारा यातायात प्रहरीहरूलाई बोलाइएको थियो ।

मेरो समूहले अहिले रेलको ठक्करले मृत्यु भएका भनिएका मानिसको मृत्युबारे अनुसन्धान गरिरहेको छ, छिट्टै यसबारे सत्यतथ्य बाहिर ल्याइने छ, यातायात प्रहरीका अनुसन्धान अधिकारी ग्रे रिचार्डसनले भने ।

अधिकारीहरू अहिले मृतकको पहिचान र घटनाबारे जानकारी लिन घटनास्थलमा पुगिसकेका छन् ।

दुर्घटनाबारे छानवीन जारी रहेकाले शहरी क्षेत्रबाट बाहिरिने र शहरमा भित्रिने रेल सेवा केही समय अवरुद्ध हुनेछ । छानविन सकिँदा वित्तिकै सेवा सुचालु हुनेछ । सिन्ह्वा