२१ कार्तिक २०८३, शनिबार

डोल्पाको किमजोङ यार्सा पाटनमा एक जनाको घाँटी रेटेर हत्या

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-रुपलाल बोहोरा

डोल्पा, ४ असार । यार्सागुम्बा संकलन गर्न डोल्पोबुद्ध गाउँपालिका ३ मा पर्ने किमजोङ पाटन पुगेका रोल्पाली १ जना संकलककोे घाँटी रेटेर हत्या भएको छ ।

यार्सागुम्बा संकलन गर्न उवा गाउँपालिका रोल्पा स्थायी घर भई हाल चन्द्रौटा कपिलवस्तु बस्दै आएका ४२ वर्षिय कर्णबहादुर पुन मगरको डोल्पोबुद्ध गाउँपालिका ३ को किमजोङ पाटनमा आइतवार राति ९ बजेतिर उनको पाल भित्रै घाँटी चक्कुले रेटेर हत्या भएको अवस्थामा शव फेला परेको छ ।

घटनाको प्रकृती अनुसार उनको हत्या भएको र हत्याराको खोज अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले बताए । निकै विकट जिल्ला डोल्पाको पनि विकट माथिल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध गाउँपालिकाको किमजोङ पाटनमा पुग्न धो मा रहेको प्रहरी चौकीलाई ४ घण्टा लागेको थियो ।

डोल्पाको सदरमुकाम दुनैबाट पैदल ३ दिन उत्तर चिन तर्फ पर्ने धो पूग्नै कठिन छ । घट्नाको विस्तृत अध्ययनका लागि जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षक इन्द्रबहादुर साउदको नेतृत्वमा एक प्रहरी अनुसन्धान टोली पठाइएको पनि प्रहरी नायव उपरीक्षक शर्माले बताए ।

पाटनमा एउटा मात्र पाल भएको बेला आइतवार राति ९ बजेतिर घटना भए पछि मृतकका साथीहरु प्रहरीलाई खबर गर्न हिडेर आइतवार राति साढे १ बजेतिर धो प्रहरी चौकीमा पुगेका थिए ।