५ कार्तिक २०८३, बिहिबार

कतार एयरवेजद्वारा माइकोनोस ग्रीसको प्रारम्भका लागि अन्तरक्रिया

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ४ असार । कतार एयरवेजको माइकोनोस, ग्रीससम्मको उडान सेवाको उद्धघाटनको अवसर मनाउने क्रममा, कतार एयरवेज नेपालले ग्रीसका कन्सुल बिक्रम पाण्डे र नेपालका लागि प्रबन्धक जयप्रकाश नैयरको उपस्थितीमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा नैयरले यस प्रतिष्ठित एयरलाइनको मजबुत विस्तार योजनाहरु उल्लेख गरे र साथै माइकोनोसलाई दोहाको प्रख्यात हमाद अन्तर्राष्ट्रिय विमानस्थल (एचआईए) मार्फत आफ्नो विश्वव्यापी नेटवर्कमा जोड्दै नेपालमा ग्रीसबाट अधिक यात्रीहरु ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

‘माइकोनोसलाई कतार एयरवेजको विश्वव्यापी नेटवर्कमा सामेल गर्दै हाम्रो यस सम्बन्ध अझ प्रगाढ बनाउने र यस्ता गन्तव्यहरु संसारकै विभिन्न यात्रीहरुको लागि आकर्षणको केन्द्रमा विकास गर्ने अपेक्षा गरेका छौँ’, नैयरले भने ।

माइकोनोसको यस सुन्दार टापु कतार एयरवेजको बढ्दो विश्वव्यापी नेटवर्कमा समावेश गरिएको तेस्रो गन्तव्य हो । कम्पनीले माइकोनोसका लागि दोहादेखि हप्तामा ४ वटा उडान भर्ने योजना बनाएको छ ।