२१ कार्तिक २०८३, शनिबार

चितवनको कालिकामा कालोपत्रे बाटो उद्घाटन

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


खोलेसिमल, ४ असार । चितवनको कालिका नगरपालिका वडा नं. ६ मा निर्माण सम्पन्न भएको कालोपत्रे बाटोको उद्घाटन गरिएको छ ।

वडाको भण्डारीचोक देखि गुराउचौर देवकोटा चोकसम्मको नयाँ रोड बाटोको ८ सय ३० मिटर कालोपत्रे बाटो निर्माण सम्पन्न भएकोले नगर प्रमुख खुमनारायण श्रेष्ठले बाटोको उद्घाटन गरेका थिए ।

१० मिटर चौडाइ रहेको बाटोमा ६ मिटर कालोपत्रे गरिएको छ । नगरपालिकाको ५९ लाख र स्थानीयको २० प्रतिशत जनसहभागीतामा ११ लाख ८० हजार रुपैया सहितको रकमबाट सो कालोपत्रे बाटो निर्माण सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष गीताराम भेटवालले बताए ।

बाटोको उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले स्थानीयको हरेक सुखदुखमा नगरपालिका साथ रहेको भन्दै जनप्रतिनिधि शासक नभई सेवक भएकाले नगरको विकासमा सबैसँग हातेमालो गर्ने समेत उनले बताए ।

वडा अध्यक्ष बिनोद रेग्मीले बाटो निर्माण सम्पन्न गरेर स्थानीयको काम पुरा नहुने भन्दै सो बाटो संरक्षण, बाटो वरपर हरियाली बनाउन र सफा स्वच्छ नगर बनाउन हरेक नगरवासी लाग्नुपर्ने समेत उनले बताए ।