५ कार्तिक २०८३, बिहिबार

सामान्य अंकले बढ्यो धितोपत्र बजार

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ असार ।  धितोपत्र बजार आज सामान्य अंकले वृद्धि भएको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक १.९२ बिन्दुले बढेर एक हजार २३५ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गमा कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.४२ बिन्दुले बढेको छ ।

आज कूल १५४ कम्पनीको चार लाख ८४ हजार ६४५ कित्ता शेयर रु १९ करोड ५२ लाख ३४ हजार १२६ मूल्यमा खरिद बिक्री भएको छ । स्टकका अनुसार आज पाँच उपसमूहको शेयरमा बढोत्तरी भएको छ भने चार उपसमूहको शेयर घटेको छ ।

होटल ४.३८, जलविद्युत् नौ, बीमा २२.५२, अन्य ५.२६ र माइक्रोफाइनान्सको ८.७ बिन्दुले बढेको छ । यस्तै बैंकिङ ०.५४, विकास बैंक १.२७, फाइनान्स ०.२६ र उत्पादन समूहको शेयर ८.१८ ले घटेको छ । -रासस