
काठमाडौं । निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको विवाहको हल्ला चलिरहेका बेला ओझा परिवारको फ्रेममा देखिएकी छन् उनी ।
गएको वर्ष नै विवाह हुने हल्ला चलेको थियो तर अहिलेसम्म पुरा हुन सकेको छैन । शिल्पाले पनि उमेरले नभई मनले विवाह हुने बताइसकेकी छन् । के उनी ओझा परिवारसँग रत्तिइसकेकी हुन् त ?
इटहरीमा नयाँ हल निर्माण गरी उद्घाटनका बेला शिल्पालाई पनि लगेका छविले परिवारको फ्रेममा उनलाई अटाएका हुन् ।
उनै छविले वुधबार इटहरीमा आफ्नै लगानीमा खुलेको इलाइट सिनेमा हलमा आफ्नी आमालाई फिल्म देखाए । आफैले निर्माण गरेको चलचित्र ‘मंगलम’ देखाउन उनले आफ्नो परिवारलाई नै हलमा लगेका थिए । छविले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्,‘मेरी ९५ वर्षकी आमासहित सम्पूर्ण ओझा परिवारले इलाइट सिनेमा हलमा चलचित्र मंगलम हेरेका छौ ।’
आफ्नी आमा, छोरा साकार ओझा र नायिका शिल्पा पोखरेलको तस्बिर राखेर परिवार भन्दै घोषणा गरेका छविले शिल्पालाई फ्रेममा राखिसकेका छन् ।















प्रतिक्रिया