काठमाडौँ, २३ पुस । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको काँग्रेस, एमाले, एमाओवादी र मधेशवादी दल सम्मिलित शीर्ष नेताको बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि ती दलका नेताहरुलाई संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले बोलाउनु भएको छ ।
नेम्वाङले संविधान निर्माणमा देखिएको जटिलतलाई अन्त्य गरी सहमति गर्न दिएको चार दिनको म्याद गुज्रेको दुई दिन वितिसक्दा पनि दलहरुले कुनै सहमति गर्न नसकेपछि छलफलका लागि बोलाउनु भएको हो ।
चार दलका नेताहरुसहित नेम्वाङ सम्मिलित बैठक अहिले पनि सांविधानसभा भवन नयाँ बानेश्वरमा बसिरहेको छ । नेम्वाङले बैठकमा संविधान निर्माणका सन्र्दभमा दलहरुलाई निकासको विकल्प खोज्न आग्रह गर्ने छन् ।
छलफलमा काँग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाले नेता माधवकुमार नेपाल, एमाओवादी अध्यक्ष प्रचण्डसँगै मधेशी दलका नेताहरु सहभागी छन् । मधेशी दलका नेता बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा ओलीसँग चिडिएपछि वार्ता भाँडिएको थियो ।















प्रतिक्रिया