
काठमाडौँ, ३ असार । ग्लोबल फरच्यून ५०० र महारत्न कम्पनी, भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडले आज उनीहरुको प्रमुख ब्राण्ड म्याक लुब्रिकेन्ट्सको पूर्ण नयाँ प्याकेजिङ रेन्जको शुभारम्भ गरेको छ ।
काठमाण्डौमा भएको शुभारम्भ कार्यक्रमको अध्यक्षता विपिसिएलका अध्यक्ष तथा म्यानेजिङ डाईरेक्टर डि. राजकुमार र सिप्रदी ट्रेडिङ्ग प्रालिका कार्यकारी निर्देशक सिद्धार्थ शम्सेर जबराले गरे ।
सिप्रदी ट्रेडिङ्ग प्रालि म्याक लुब्रिकेन्ट्सको लागि नेपालको आधिकारिक विक्रेता हो । कार्यक्रममा विपिसिएल तथा सिप्रदीका वरिष्ठ अधिकृतहरुको पनि उपस्थिति थियो ।
नयाँ भविष्यलाई अंगाल्ने योजना अनुसार म्याक लुब्रिकेन्ट्सले सारै आकर्षक र नयाँ डिजाईनमा पूर्णरुपमा नयाँ रेन्जको प्याकेजिङको सुरुवात गरेको छ । नयाँ प्रविधि र वस्तुको कार्यगत क्षमताबाट उत्प्रेरित भएर आएको नयाँ प्याकमा भविष्यवादी जेन–एक्स प्रोफाईल भएकोले यसले बजारमा आफ्नो स्थान ओगट्ने कम्पनीको दाबी छ ।
विश्वमै राम्रो डिजाईन एजेन्सीको रुपमा रहेको टाटा इल्क्सीले डिजाईन गरेको यो नयाँ प्याक धेरै पटकको टेष्ट पछि शुभारम्भ गरिएको छ । नयाँ प्याकहरु रातो, गोल्ड, नीलो ग्रे र ग्रिन कलरहरुमा वर्गीकृत गरिएको छ ।
ईन्जिनको पार्ट वरिपरि उर्जा भरिएको र प्रविधिको संयोजन भएको देखाउने गरी लेबलको डिजाईन गरिएको छ जसले प्रोडक्ट र यसका विशेषताहरुलाई पनि उजागर गर्ने गरी बनाईएको नयाँ प्याक यसको प्रस्तुति र ओभरअल लुकमा अद्वितीय छ ।
ग्राहकहरुको चाहनालाई ध्यानमा राखी नयाँ प्याक अनुकुल हुने गरी विशिष्ट सामग्रीबाट बनाईएको हुनाले यसले आफ्नो यथार्थता देखाउँछ र यो प्याकको कलर, फिनीसिङ र लुक विशिष्ट तथा भिन्नै दर्साउँछ ।
भी. आनन्द, कार्यकारी निर्देशक (ल्यूब), विपिसिएलले भने, ‘हाम्रो नयाँ प्याकले विपिसिएलको नयाँ परिवर्तन वा नवीनताको मान्यता, ध्यान र विश्वसनीयतालाई दर्शाउँछ । आफ्ना सरोकारवाला हरुलाई सबैभन्दा राम्रो प्रोडक्ट दिने हाम्रो प्रतिबद्धता र नवीनतम प्रोडक्टर सेवाहरु ग्राहकहरुमा लैजाने हाम्रो लागि सबैभन्दा बढी महत्व
राख्दछ । नयाँ प्याकको शुरुवात नेपालबाट हुनु हाम्रो लामो तथा सुमधुर सम्बन्ध यो देशसँग र हाम्रो पूरानो वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिसँग हुनुलाई दर्शाउँछ ।’ म्याक लुब्रिकेन्ट्स हाल नेपाली बजारमा नं. १ ब्राण्डको रुपमा मार्केट लिडरको रुपमा रहेको छ ।















प्रतिक्रिया