१ कार्तिक २०८३, आइतबार

धुलिखेलमा यात्रुवाहक बस दुर्घटना, दुई जनाको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे, २३ पुस । अरनिको राजमार्ग अन्तर्गत धुलिखेलको खावामा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट दोलालघाट जाँदै गरेको अरनिको यातायात सेवा समितिको ना३ख ११२५ नम्बरको बस ब्रेक फेल भएर दुर्घटना भएको बुझिएको छ ।  दुर्घटनामा कम्तीमा १२ जना घाइते भएका छन् । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।