२१ कार्तिक २०८३, शनिबार

विद्युत् सेवा अवरुद्ध

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, ३ असार । बाजुराको गौमूल गाउँपालिका–२ मा रहेको तुसारीगार्ड लघुजलविद्युत् आयोजना अवरुद्ध भएको छ ।

विद्युत्को मेशिनमा खराबी आएपछि विद्युुत् सेवा अवरुद्ध भएको विद्युत् सञ्चालक समितिले जनाएको छ । विद्यत् बन्द भएपछि स्थानीय २५० परिवार अँध्यारोमा बस्न बाध्य भएका छन् ।

विद्युत् सेवा सञ्चालनका लागि स्थानीय उपभोक्तासँग आर्थिक स्रोत अभावका कारण तत्काल सञ्चालनको सम्भावना कमै देखिएको बताइएको छ । विद्युत् स्थानीयवासीको सक्रियतामा निर्माण गरिएको थियो । -रासस