
काठमाडौं । बलिउडका चर्चित डान्सर अभिनेता मिथुन चक्रवर्तीले स्व. श्रीदेवीसँग कुनै बेला गुपचुप बिहे गरेको रहस्य धेरे कमलाई मात्र थाहा छ ।
मिथुनलाई बलिउडमा ‘दादा’ भनिन्छ । आजदेखि ६६ बर्ष लागेका मिथुनबारे केही रोचक जानकारी ।
मिथुनलाई भारतको मनपर्ने ठाउँ ऊँटी हो । किनभने त्यस ठाउँमा उनका कयन फिल्म सुटिङ भइसकेका छन् । मिथुनकी पत्नी योगिता बाली हुन् । उनका दुई सन्तान छन् । तर यसबेला श्रीदेवीसँग उनको बिहे भएको खबरले चर्चा पाएको थियो ।
मिथुनसँग ३८ वटा कुकुर छन् । सबैलाई पालेका छन् । कुकुरबाहेक घरपालुवा जनावरलाई उनी प्रेम गर्छन् । सन्तानजस्तो ठान्छन् ।
मिथुनले ३ सय ५० भन्दा बढि फिल्ममा अभिनय गरेका छन् । १९८९ मा मिथुनले एकै वर्ष १९ फिल्म हिट दिए । एजेन्सी















प्रतिक्रिया