३ कार्तिक २०८३, मंगलबार

क्रोएसिया र नाइजेरियाबीचको असमान खेल, कसले जित्यो २–० अन्तरले ?

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्को, ३ असार । क्रोएसियाले विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । समूह डी अन्तर्गत शनिबार राति भएको खेलमा क्रोएसियाले नाइजेरियामाथि २–० को जित निकालेको हो ।

तुलनात्मक रुपमा कमजोर देखिएको खेलमा पहिलो हाफमा क्रोएसियाले उपहार गोल पायो । ३२ औँ मिनेटमा नाइजेरियाका इटेबोले क्रोएसियाका खेलाडीको कर्नर जोगाउन खोज्दा आत्मघाती गोल गरे ।

उपहार गोलबाट पहिलो खेलमा १–० को अग्रता लिएको क्रोएसियाले दोस्रो हाफमा पेनाल्टी पायो । ७१ औँ मिनेटमा पाएको पेनाल्टीमा लुका मोड्रिकले गोल गर्दै क्रोएसियालाई २–० को जित दिलाए ।

नाइजेरियाले क्रोएसियासँगको खेलमा केही आक्रामक खेलेको थियो । तर उसले गोल भने गर्न सकेन । यो जितले क्रोएसिया समूह डी को शीर्ष स्थानमा रह्यो । त्यसअघि भएको खेलमा आइसल्याण्डले अर्जेन्टिनालाई १–१ को बराबरीमा रोक्यो । एजेन्सी