मस्को, ३ असार । पेरुलाई हराउँदै डेनमार्कले विश्वकप फुटबलमा आफ्नो विजयी यात्राको सुरुवात गरेको छ ।
मध्यान्तरअघिको इन्जुरी टाइममा पेरुले भिएआरको मद्दतबाट पेनाल्टी पाएको थियो । तर क्रिश्चियन कुएभाले बल गोलपोस्टभन्दा धेरै माथिबाट प्रहार गरेपछि गोल हुन पाएन।
कुएभा यो विश्वकपमा पेनाल्टी मिस गर्ने दोस्रो खेलाडी बन्न पुगे । पहिलो अर्जेन्टिनाका मेस्सी थिए जसले शनिबार भएकै खेलमा पेनाल्टी मिस गरेका थिए ।
५९ औँ मिनेटमा युसुफ पउलसेनले गरेको एकमात्र गोल नै डेनमार्कलाई विजयी गराउन पर्याप्त रह्यो । यो गोल काउन्टर अट्याकका क्रममा भएको थियो ।
क्रिस्चियन एरिक्सनले पउलसेनलाई पास गरेको बल पेरुका गोलकिपरसित वन अन वन हुन पुग्यो र उनले त्यसलाई राम्रोसँग फिनिस गरे पनि ।
पेरुले अर्को खेल फ्रान्ससित र डेनमार्कले अस्ट्रेलियासित आगामी बिहीबार खेल्दैछ । एजेन्सी















प्रतिक्रिया