मस्को, ३ असार । विश्व फुटबलको हस्ती मानिएको अर्जेन्टिनालाई पहिलो पटक विश्वकप खेलेको आइसल्याण्डले झट्का दिएको छ ।
स्टार खेलाडीले भरिएको अर्जेन्टिनालाई आइसल्याण्डले १–१ को बराबरीमै रोक्यो । अर्जेन्टिनाको घमण्डलाई आइसल्याण्डले चक्नाचुर बनाइदिएको छ ।
कप्तान लियोनल मेसीले ६३ औं मिनेटमा पाएको पेनाल्टी चुकाएपछि पहिलो खेलमै अर्जेन्टिना जितबिहीन हुन पुग्यो ।
पछिल्ला खेलमा राम्रो प्रदर्शन गरेको आइसल्याण्डलाई दवावमा राखेपनि अग्रता जोगाउन नसक्दा जितविहीन हुन पुगेको हो ।
अर्जेन्टिनाका लागि सर्जियो अग्यूरोले १९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएपनि ४ मिनेटमै गोल खान पुग्यो । आइसल्याण्डका लागि यो ऐतिहासिक पहिलो विश्वकप गोल गर्ने स्ट्राइकर बने २९ वर्षका अल्फ्रेड फिनबोगासन ।
मेसीले यो खेलमा पेनाल्टि मात्रै चुकाएनन् अर्जेन्टिनालाई टिमलाई जिताउने मौका समेत गुमाए । अर्जेन्टिना साविक उपविजेता हो ।
छनौट चरण नै मुस्किल बनेको अर्जेन्टिनालाई विश्वकप जित्ने अनुमान गरिए पनि त्यो अनुसारको प्रदर्शन गर्न सकेन । यो समूहमा यी दुईसहित क्रोयसिया र नाइजेरिया छन् । एजेन्सी















प्रतिक्रिया