२१ कार्तिक २०८३, शनिबार

प्रदीप र लोकेन्द्रले तताए ‘महफिल’

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २ असार । सर्वमान थिएटरमा द्वैमासिक रुपमा नियमित हुँदै आएको गजल वाचन र गायनको यो पटकको श्रृंखलामा दुई गजलकार सुनिएका छन् ।

शनिबार भएको महफिलमा गोरखाका गजलकार प्रदीप रोदन र झापा दमकका गजलकार लोकेन्द्र बञ्जाराले गजल वाचन गरे । तीन चरणमा भएको वाचनलमा प्रतिगजलकार १० वटा गजल वाचन गर्न लगाइएको थियो । तर, दर्शक/श्रोतको मागपछि पछि प्रदीपले थप २ वटा गजल वाचन गरेका थिए ।

दुवै गजलकारका प्रत्येक सेरमा दर्शकदीर्घाका बसेका श्रोताले ताली र वान्स मोरले साथ दिएका थिए ।  कार्यक्रममा चर्चित गायक राज सिग्देलले प्रदीपको ‘लगाएर माया कुनै पल तिमीले, पूरै जिन्गदीभर गर्‍यौ छल तिमीले’ र ‘दुःख अनि चोट सारा लुकाउने मान्छे, किन रोएँ तिम्रो सामू म नरुने मान्छे’ तथा लोकन्द्रको ‘म तिम्रो नजिकको यारमा कहाँ छु, म अभागी हुँ तिम्रो निधारमा कहाँ छु’ र ‘हेर मेनकालाई मिरा बनाइदिन्छ, समयले कोइला पनि हिरा बनाइन्छि’ भन्ने गजल गाएका थिए ।

कार्यक्रमलाई सर्वनामसँगको सहकार्यमा उर्वरा फाउण्डेशन, मधुवन, साहित्य परिवार नेपाल मेडिकल कलेज र शब्दघर छापाखानाले संयोजक गर्दै आएका छन् ।

शनिबारको कार्यक्रममा युवा लेखक विवेक ओझाको ऐलानी उपन्यासको पुस्तक चर्चा गरिएको थियो । गोलाप्रथाका आधारमा दुई जनाले ऐलानी उपन्यास उपहार पाएका थिए । महफिलको अर्काे श्रृंखला आउँदो भदौ पहिलो शनिबार हुनेछ ।