२ कार्तिक २०८३, सोमबार

आइएमईले चौथो अन्तर्राष्ट्रिय पारिवारिक विप्रेषण दिवस मनायो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


पोखरा, २ असार । चौथो अन्तर्राष्ट्रिय पारिवारिक विप्रेषण दिवसको अवसरमा आइएमईले पोखरामा शनिबार कार्यक्रम गरेको छ ।

प्रवासी÷आप्रवासी नागरिकहरूले परिवारको लालनपालन र आफू जन्मेको देशको दिगो आर्थिक विकासमा रेमिटेन्स मार्फत पुर्‍याउदै आएको महत्वपूर्ण योगदानको सम्मानमा सन् २०१५ देखि हरेक जुन १६ मा यो दिवस मनाउदै आइएको छ । समग्र विश्वको विकासका लागि रेमिटेन्सको मिलेर उपयोग गर्न नागरिक समाज, नीजि र सार्वजनिक क्षेत्रलाई प्रेरणा प्राप्तहोस् भन्ने उद्देश्यका साथ यो दिवस मनाउन थालिएको हो ।

‘सुरक्षित रेमिटेन्सका लागि आधिकारिक माध्ययम नै प्रयोग गरौँ’ भन्ने नारा अंकित प्लेकार्ड बोकेर गरिएको प्रभातफेरीमा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रवन्ध निर्देशक हेमराज ढकाल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमईका व्राण्ड एम्बास्डर दिपकराज गिरी र दीपाश्री निरौला लगायत आइएमईका व्यवसायिक साझेदार एवम् आइएमई ग्रुपमा कार्यरत उच्चपदस्थ कर्मचारीहरू सहित करिव २ सय जनाको उपस्थिती रहेको थियो । पोखरा बिरौटास्थित पोखरा ग्राण्ड होटलबाट शुरु भएको प्रभातफेरी मुस्ताङ्गचोक हुँदै पृथ्वीचोकबाट पुनःहोटलमा आइ समापन भएको थियो ।

आफ्नो स्थापना देखिन रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्‍याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ७४ आइएमई सेन्टरसहित ७५ जिल्लाका ७ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुखगरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।