२ कार्तिक २०८३, सोमबार

अमेरिकाको एमआईटीले नेपालमा शुरु गर्‍यो ग्लोबल स्टार्टअप ल्याब्स्

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २ असार । अमेरिकाको म्यासाच्युएटस् इन्स्टिचुट अफ टेक्नोलोजी (एमआईटी) ले काठमाडौं विश्वविद्यालय र एनसेलसँगको सहकार्यमा नेपालमा एमआईटी ग्लोबल स्टार्टअप ल्याब्स् (जिएसएल) कार्यक्रमको शुरुवात गरेको छ । एमआईटी जिएसएलले विकासशील अर्थतन्त्रहरुमा प्रविधिमा आधारित उद्यमीहरुलाई सबल बनाउन तथा स्टार्टअपहरुको विकासका लागि आवश्यक अनुकल पारिस्थितिक प्रणालीको सिर्जना गर्न योगदान पु¥याउँदै आएको छ ।

एमआईटीले विगत १८ वर्ष देखि यो कार्यक्रम दक्षिण एसियाको भारत र श्रीलंका लगायत विश्वका विभिन्न २५ राष्ट्रहरुमा संचालन गर्दै आएको छ । कार्यक्रमले प्रविधिमा आधारित युवा उद्यमीहरुको प्रवर्द्धन गर्दै आर्थिक विकासमा समेत मद्दत पु¥याउदै आएको छ । युवा उद्यमीहरुलाई प्रोत्साहन तथा प्रविधि विकासमा योगदान पुर्याउदै आएको एनसेलको सहयोगमा यो कार्यक्रम नेपालमा संचालन हुन लागेको हो ।

नेपालका लागि श्रीलंकाली राजदुत स्वर्ण परेरा, अमेरीकन दुतावासकी कल्चरल अफेयर्स अफिसर ग्रेस क्यारोल, नेपाल दूरसंचार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल, काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. भोला थापा, एमआईटीका इलेक्ट्रिकल इन्जिनियरिङ् र कम्प्यूटर साइन्स विभागका एसोसिएट विभाग प्रमुख तथा जिएसएलका फ्याकल्टी को—डाइरेक्टर प्रोफेसर समन अमरासिंघे र एनसेलका प्रबन्ध सञ्चालक सुरेन जे. अमरासेकराले शुक्रवार एक विशेष समारोह माझ कार्यक्रमको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

एमआईटी जिएसएल कार्यक्रम एनसेलको व्यावसायिक सामाजिक उत्तरदायित्व पहल अन्र्तगत एमआईटी र काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा शुरु गरिएको हो । कार्यक्रममा काठमाडौं विश्वविद्यालयका विद्यार्थी तथा विश्वविद्यालयका आल्मुनाईबाट छानिएका ३५ जना विद्यार्थीहरुले मोबाइल प्रविधि र उद्यमशीलता सम्बन्धि एमआईटीको अद्वितिय पाठ्यक्रम अन्तर्गत प्रशिक्षण प्राप्त गर्नेछन् ।

कार्यक्रम गहन बुटक्याम्पको शैलीमा संचालन हुनेछ, जसमा एमआईटीका चार जना प्रशिक्षकहरुको नेतृत्वमा विशिष्ट ‘स्टुडेन्ट टु स्टुडेन्ट ल्याब’ कार्यक्रम संचालन हुनेछ । कार्यक्र मअसार १ गते देखि श्रावण १७, २०७५ सम्म संचालन हुनेछ ।