काठमाडौं । गायिका राधिका हमालले कलाकारहरू विदेश पलायन हुने परम्पराको विरोध गरेकी छिन् ।
उनले कलाकारहरूलाई आफ्नै देशभित्र दुःख सुख्ख गरेर बस्न सुझाव दिएकी छिन् । ‘म विदेशमा पलायन हुँदैन’, गायिका हमालले भनेकी छिन्, ‘दुःख सुख्ख गरेर नेपालमै बस्नुपर्छ ।’
गायिका हमालले विदेश घुम्न र कार्यक्रमका लागि गए पनि विदेश पलायन नहुन बताए । ‘मेरो आफ्नै रेकर्डिङ स्टुडियो छ’, उनले भनिन्, ‘म राजनीतिमा पनि सक्रिय छु । विदेश गएर बस्ने कुनै योजना छैन ।’















प्रतिक्रिया