काठमाडौं, २ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति पहिलो बैठक आज बस्दैछ ।
बैठक प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा अपरान्ह दुई बजेपछि बस्नेछ ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, दुई पार्टीका भातृ संगठनहरूको समायोजनलगायतका विषयमा छलफल हुनेछ ।
स्थायी कमिटीको पहिलो बैठकलाई दुवै अध्यक्षले सम्बोधन गर्नेछन् । महासचिव विष्णु पौडेलले यसबीचमा भएका संगठनात्मक कामको विवरण स्थायी कमिटीमा पेश गर्नेछन् ।
बैठकबाट पार्टी सञ्चालन नियमावली पारित गर्ने सम्भावना छ । नियमावलीको मस्यौदा स्थायी कमिटी सदस्यहरूलाई दिइसकिएको छ । उनीहरूलाई आवश्यक सुझावसहित बैठकमा उपस्थित हुन भनिएको छ ।
बैठकमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको बारेमा पनि छलफल हुनेछ । प्रधानमन्त्री ओली ५ असारमा चीन भ्रमणमा जाँदैछन् ।
स्थायी कमिटी बैठकअघि आजै ९ सदस्यीय केन्द्रीय सचिवालयको बैठक पनि बालुवाटारमै बस्ने नेकपाले जनाएको छ ।















प्रतिक्रिया