३ कार्तिक २०८३, मंगलबार

स्पेन र पोर्चुगल बराबरीमा रोकिए, रोनाल्डो एक्लैले हाने तीन गोल

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्को, २ असार । फिफा विश्वकप फुटबलको २१ औँ संस्करणको पहिलो ह्याबी वेट खेलमा स्पेन र पोर्चुगल बराबरीमा रोकिएका छन् ।

रुसको सोचीमा शुक्रबार भएको खेलमा स्पने र पोर्चुगलले ३–३ को बराबरी खेलेका हुन् । खेल अवधिभर दर्शकले मुटुको चाल तीव्र हुने खेल हेर्न पाए ।

चौथो मिनेटमा पाएको पेनाल्टी मार्फत कप्तान क्रिष्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई सुरुवाति अग्रता दिलाए । त्यसको २० मिनेटपछि स्पेनका लागि डिएगो कोस्टाले बराबरी गोल गरे ।

रोनाल्डोले ४४ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा टिमलाई २–१ को अग्रता दिलाए । । तर दोस्रो हाफमा स्पेनले फेरि बराबरी र त्यसपछि अग्रता लियो ।

स्पेनका लागि ५५ औँ मिनेटमा डिएगो कोस्टाले फेरि बराबरी गोल गरे । खेलमा उनको यो दोस्रो गोल हो । त्यसपछि ५८ औँ मिनेटमा नाचोले गोल गरे र ३–२ को अग्रता दिलाए । तर पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले ८८ औँ मिनेटमा ह्याट्रिक गर्दै खेलमा बराबरी गरे ।

स्पेनसँगको खेलमा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो चम्किएका छन् । उनले खेलको ८८ औँ मिनेटमा फ्रि किक मार्फत सुन्दर गोल गर्दै खेलमा बराबरी गरेका हुन् ।

रोनाल्डोले यो खेलमा चौथो, ४४ र ८६ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । उनको यो करिअरको ५१ औँ ह्याट्रिक हो । यस्तै विश्वकपमा भएको पनि ५१ औँ ह्याट्रिक हो । पोर्चुगल र स्पेनबिचको खेल निकै प्रतिस्पर्धात्मक रह्यो । खेलमा दबाब स्पेनको रह्यो तर गोल दुवै तर्फबाट भयो ।

रोनाल्डोले राष्ट्रिय टिमबाट १५१ खेलमा ८४ गोल गरेका छन् । स्पेनका आन्द्रेश इनिएस्टाले ३४ औँ मिनेटमा गोल गर्ने प्रयास गरे । ४१ औँ मिनेटमा इस्कोले गोल गर्ने प्रयास गरे तर पोर्चुगलका गोलरक्षकले जोगाए ।

७१ औँ मिनेटमा कोस्टाले ह्याट्रिकको मौका गुमाए । ७६ औँ मिनेटमा कोस्टा बाहिरिए । ७९ औँ मिनेटमा पोर्चुगलले गोल गर्ने मौका बनायो । रोनाल्डोले प्रहार गरे तर स्पेनका गोलरक्षकले जोगाए । एजेन्सी