५ कार्तिक २०८३, बिहिबार

गाउँपालिकाले एउटै वडामा ५५ लाख पठाउने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-मिना बुढाथोकी

सल्यान, १ असार । सल्यानको त्रिवेणी गाउँपालिकाले प्रत्येक वडामा बजेटको सिलिङ पठाएको छ । वडा नम्बर एकमा ६० लाख र अरु ५ वटा वडाहरुमा ५५/५५ लाखको दायरामा रहने गरि योजना छान्न वडा कार्यालयहरुलाइ भनिएको गाउँपालिकाका अध्यक्ष मान बहादुर डागीले जानकारी दिए । यस वर्ष बजेट घटेर १६ करोड ८१ लाख रुपैयाँ मात्रै आएकाले वडाहरुमा कम बजेट हुन गएको भन्दै उनले कर्णालि प्रदेश सरकारबाट पनि बजेट आएमा केहि राहात हुने बताए ।

त्रिवेणी गाउँपालिकाको वडा नम्बर ३ मा गाउँवेशी सूचना केन्द्रको आयोजनामा भएको सार्वजनीक सुनुवाइ कार्यक्रममा उनले भने, ‘संविधानमै व्यवस्था भएकाले प्रदेश सरकारले स्थानीय तहलाइ बजेट पठाउनुपर्छ, हैन भने हामीले मुद्दा हाल्छौँ।’ कार्यक्रममा सहभागीहरुले स्थानीय वनजंगलमा पाइने चिउरि, लालीगुँरासलाइ प्रशोधन गरेर घिउ तथा जुस उत्पादन गर्नतर्फ स्थानीय सरकारको ध्यान जानुपर्ने सुझाव दिएको थिए । यस्तै उनीहरुले खानेपानी, विद्युत र बाटोको असुविधा भएको भन्दै गुनासो गरेका थिए ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष करुणा खड्का, प्रमुख प्रशासकिय अधिकृत रेमन्त बहादुर डागीले कृषि र पशुको व्यवशायीकिकरण भएमा मात्रै त्रिवेणी समृद्ध बन्न सक्ने कुरामा जोड दिएका थिए । यस्तै वडा नम्बर ३ का अध्यक्ष हुकुम प्रसाद महताराले आफ्नो वडा सुन्तला खेती र गाइपालनको राम्रो सम्भावना बोकेको क्षेत्र भएकाले यसलाइ व्यवशायीक बनाउन आर्थीक लगानी गरिने बताए ।