
काठमाडौँ, १ असार । फिफा विश्वकप फुटबल रुस २०१८ को प्रारम्भको अवसर मनाउने क्रममा फिफाको आधिकारिक पार्टनर तथा आधिकारिक एयरलाइनको रुपमा रहेको कतार एयरवेजले वर्षकै अत्यधिक अपेक्षित प्रतियोगिताको प्रत्यक्ष अनुभव प्रदान गर्न फुटबल प्रशंसकहरुलाई रुस पुर्याउने भएको छ ।
यस प्रतियोगिताको प्रारम्भको अवसरमा, कतार एयरवेज नेपालले कम्पनीको इतिहासमै पहिलो पटक यसरी समूहमा प्रशंसकहरुलाई विश्वकप आयोजन स्थलमा प्रत्यक्ष रुपमा सहभागी गराउन लागेको हो ।
आफ्नो प्रोत्साहन योजना अन्तर्गत सङ्गठनले आफ्ना डिलर तथा विशेष उपभोक्तावर्गलाई विश्वकपको अनुभव प्रदान रुस पुर्याउँदै छ । कतार एयरवेजमार्फत ५०० भन्दा अधिक फुटबल प्रशंसकहरु यस पटक रुस पुग्दैछन् ।
३६ यात्रुहरुको पहिलो टोली आज मस्कोतर्फ प्रस्थान गर्दै छ । आफ्ना वितरकहरुलाई पुरस्कृत गरी एक अद्भूत अनुभव प्रदान गर्ने उद्देश्यले यस समूहको आयोजन जावलाखेल डिस्टीलेरीले गरेको हो ।















प्रतिक्रिया